Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हमासले अपहरण गरेका ६ जना बन्धकहरूको शव गाजा पट्टीमा फेला परेको इजरायलले जानकारी दिएको छ । इजरायली डिफेन्स फोर्सेस (IDF) को विज्ञप्तिमा ती शवहरू शनिबार राफाह क्षेत्रको भूमिगत सुरुङमा भेटिएको उल्लेख गरिएको छ। मृतकहरूमा कार्मेल ग्याट, एडिन यरुसाल्मी, हेर्स गोल्डबर्ग–पोलिन, एलेक्ज्यान्डर लोबानोभ, अल्बोग सारसुई र मास्टर सर्जेन्ट ओरी डानिमो छन्। प्रारम्भिक अनुसन्धान अनुसार इजरायली सेना सुरुङमा पुग्नुअघि हमासले क्रूर तरिकाले उनीहरूलाई हत्या गरेको IDF का प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले बताएका छन्।

गोल्डबर्ग–पोलिन अमेरिकी नागरिक हुन् र उनको मृत्युको पुष्टि भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यो समाचारले आफू स्तब्ध र क्रुद्ध भएको बताएका छन्। इजरायली सेनाले शवहरू आइतबार बिहान इजरायल ल्याइएको जानकारी दिएको छ र मृतकहरूको परिवारलाई पनि सूचित गरिसकिएको छ।

यसअघि २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर २५१ जनालाई बन्धक बनाउनुका साथै १२०० जनाको हत्या गरेको थियो। हाल ९७ जना बन्धक हमासको नियन्त्रणमा रहेका छन्। जसमा २७ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ। यस घटनापछि इजरायली सेनाले गाजामा गरेको सैन्य कारबाहीमा ४० हजार ५३० जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया