Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताएका हुन्।

अर्थतन्त्रमा अस्थिरताको गहिरो प्रभाव परेको उल्लेख गर्दै उनले यसले बजारमा नकारात्मक असर ल्याएको बताए। उनले भने, “वाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसक्नु अस्थिरताको परिणाम हो।”

पौडेलले निजी क्षेत्रलाई गुनासो छोडेर देशको आर्थिक विकासमा योगदान दिन आह्वान गरे। सरकार निजी क्षेत्रको माग र सुझावहरू सुन्दै आएको छ र भविष्यमा पनि सुनिरहने आश्वासन दिँदै उनले गुनासोभन्दा सकारात्मक योगदानमा ध्यान दिन आग्रह गरेका छन्।

 

 

 

 

तपाईको प्रतिक्रिया