Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

काठमाडौं – गत महिना अर्थात् जुलाईमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा चालु आर्थिक वर्षमै अभूतपूर्व रेकर्ड कायम भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जुलाईमा कुल १ हजार ७ सय ८८ जना नेपालीहरूले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् । जुन चालु आर्थिक वर्षकै सबैभन्दा धेरै हो ।

उनीहरूका ६३ जना डिपेन्डेन्टहरुले पनि एफ टु भिसा पाएका छन् । योसँगै चालु आर्थिक वर्षको १० महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरूको संख्या १० हजार ९ सय ८८ पुगेको छ । यस अगाडि गत जुनमा पनि अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरूको संख्यामा नयाँ रेकर्ड कायम भएको थियो । जुनमा १७ सय जना नेपाली विद्यार्थीहरू र ७६ जना उनीहरूका डिपेन्डेन्टहरुले अमेरिकाको भिसा पाएका थिए । यो संख्या चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै थियो ।

मे महिनामा सन् २०२४ को जनवरीयताकै सबैभन्दा धेरै १ हजार ५ सय८ जना नेपालीहरूले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । उनीहरूका ६० जना डिपेन्डेन्टहरुले पनि एफ टु श्रेणीको भिसा पाए । जनवरीमा १ हजार १ सय १ जना, फेब्रुअरीमा २ सय १ जना, मार्चमा ३ सय ९५ जना र अप्रिलमा १ हजार ३ सय ९९ जना नेपालीहरूले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए ।

अमेरिकामा विद्यार्थी भिसामा आउने नेपालीहरू हरेक वर्ष थपिँदै गर्दा विद्यार्थीहरूका समस्या र मानसिक अवस्थाबारे पनि चासो बढ्न थालेको छ । पढाई र आर्थिक दबाबका कारण विद्यार्थीहरूले भोगेका मानसिक समस्याबारे नेपाली समाजमा बहसमा वृद्धि भएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया