Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

काठमाडौं – अमेरिकाले पहिलो चरणमा युक्रेनलाई दिएकोमध्ये एउटा एफ-१६ फाइटर जेटलाई रसियाले किन्झल मिसाइल हानेर ध्वस्त पारिदिएको छ । यस क्रममा युक्रेनी वरिष्ठ पाइलट ओलेक्सी मेस पनि मारिएका छन् ।

युक्रेनी सेनाले भने समन्वय हुन नसक्दा अमेरिकी प्याट्रियट रक्षा प्रणालीले झुक्किएर निशाना बनाउँदा अमेरिकी फाइटर जेट ध्वस्त भएको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदमीर जेलेन्स्कीले मंगलबार आधिकारिक रूपमा अमेरिकी निर्मित एफ-१६ लाई रुसी ड्रोन र क्षेप्यास्त्रहरू खसाल्न तैनाथ गरिएको पुष्टि गरे ।

नेटो राष्ट्रहरूबाट अमेरिकी एफ-१६ लडाकु विमान जुलाईमा युक्रेनलाई प्रदान गरिएको थियो । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले लामो समयदेखि मागिरहेको अमेरिकामा निर्मित एफ-१६ लडाकु विमान दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २०२३ मा सहमति दिएको १४ महिनापछि एफ-१६ लडाकु विमान युक्रेन पठाइएको थियो । त्यसमध्ये एउटा विमान रसियाले ध्वस्त पारिदिएकाे हाे ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया