Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

काठमाडौं – पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाँडागाउँको एक घरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालको भएको पाइएको छ । बम विस्फोट हुँदा दुईजना नाबालकको मृत्यु भएको थियो । मृत्यु हुनेमा ११ वर्षका दिप्सन साँवा र दुई वर्षीय प्रियसा साँवा छन् ।

खेल्ने क्रममा बालबालिकाहरूले घर नजिकैको अम्रिसो बारी बम भेटेका थिए । तर, खेलौना मानेर हम्मरले हान्दा बम विस्फोट भएको थियो । विस्फोट भएको घरका धनी आइतराज केरुङ पूर्वलडाकु हुन् । तर उनी त्यहाँ बस्दैनन् । दश वर्षअघि छिमेकीलाई घरको रेखदेख गर्न भनेर उनी सदरमुकाम बस्दै आएका छन् ।

प्रहरीले भने बम पहिलादेखि नै सो घरमा रहेको बताएको छ । विस्फोट भएको बम द्वन्द्वकालीन विस्फोटक पदार्थकै एक हिस्सा रहेको आशंकासहित प्रहरीले माथिल्लो तहमा ब्रिफिङ गरेको छ ।

सोही ब्रिफिङका आधारमा शुक्रबार गृहमन्त्री रमेश लेखकले पत्रकारहरूसँगको अन्तरक्रिया पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको बताएका छन् । ‘प्रहरीसँग लामो कुराकानी भयो । यो कसरी पड्कियो भनेर सोधेको थिएँ । हामीलाई प्राप्त जानकारीअनुसार यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको छ ’ गृहमन्त्री लेखकले भने ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया