Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

टोकियो – हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा जापानमा एकपछि अर्को तीज विशेष साँगीतिक कार्यक्रमहरु भईरहेका छन् । यसै सन्दर्भमा सेप्टेम्बर १ तारिख आईतबारका दिन नेपाली जनप्रगतिशील मञ्च जापानको कान्तो क्षेत्रीय कमिटीको आयोजनामा टोकियोको ओकुबोमा तीज विशेष साँगीतिक कार्यक्रम हुने भएको छ ।

परदेशमै भए पनि नेपाली कला, सँस्कृति, सामाजिक परम्परा र रितिरिवाजलाई संबर्द्धन गर्दै घरदेशको न्यास्रो मेटाउन उक्त कार्यक्रमको आयोजना गरिएको मञ्चका कान्तो अध्यक्ष सुनिल देवकोटाले समुद्रपारिलाई बताए । उनका अनुसार कार्यक्रमको सबै तैयारी पूरा भईसकेको छ । कार्यक्रममा सहभागिताका लागि जापानमा क्रियाशील संघसंस्थाहरुलाई निमन्त्रणा पत्र पठाईसकिएको छ ।

कार्यक्रममा चेलीबेटीहरुलाई दर खुवाउनुका साथै तीज विशेष मनोरञ्जनात्मक साँगीतिक कार्यक्रम पनि रहने बताईएको छ भने कार्यक्रममा तीज विशेष साँगीतिक मनोरञ्जनका लागि सोना केसी, चेतन घर्ती मगर लगायतका कलाकारहरुको धमाकेदार सांगीतिक प्रस्तुती रहने बताईएको छ ।

नेपाली नारीहरुको विशेष महत्वको पर्व भएकोले नारी सम्मान स्वरुप महिलाहरुका लागि कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ ।

उक्त दिनको अपरान्ह ४ बजेदेखि ओकुबोस्थित काठमाडौं लाउञ्जमा हुने उक्त कार्यक्रममा उत्साजनक सहभागिताका लागि जापानबासी नेपाली दिदीबहिनीहरुमा नेपाली जनप्रगतिशील मञ्च जापान कान्तोले अपिल समेत गरेको छ ।***

तपाईको प्रतिक्रिया