Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडौं – नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पेरिस पारालम्किप-२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । पलेशाले शुक्रबार भएको पहिलो खेलमा भेनेजुयाली प्रतिद्वन्दीलाई सहजै हराइन् । उनले महिला के-४४-५७ केजी तौल समूहमाम भेनेजुयलाकी मोरालेस भालेरियाविरुद्ध ३१-० ले पराजित गरेकी हुन् ।

पलेशाले अब क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध खेल्नेछिन् । पेरिस पारालम्पिकमा यसअघि नेपालका भरतसिंह महताले प्रतिस्पर्धा गरेका थिए । भरत प्रतियोगिताको पहिलो चरणमै पराजित भएका थिए । पलेशा गत वर्ष चीनको हाङझाउमा सम्पन्न पारा एसियाली खेलकुदकी काश्य विजेता समेत हुन् ।

टोकियो पारा ओलम्पिक खेलिसकेकी पलेशा हाङचाउ एसियाली खेलकुदकी कांस्य विजेता खेलाडी हुन् । उनले जितेको पदक पारा एसियाली खेलकुदमा नेपालको पहिलो पदक हो ।Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया