Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

काठमडौं – भ्रष्टाचार निवारण ऐन २०४९ संशोधन विधेयकमा रहेको थाहा पाएको पाँच वर्षभित्र भ्रष्टाचारसम्बन्धी मुद्दा चलाउन सकिने भन्ने हदम्यादको प्रावधान हटाउने सहमति भएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन विधेयकबाट पाँच वर्षे ‘हदम्याद’ को प्रावधान हटाउने सहमति भएको हो ।

समितिका सभापति रामहरि खतिवडाका अनुसार अब समितिमा विचाराधीन विधेयकमा पाँच वर्षे हदम्यादको प्रावधान रहने छैन । उनले भने, ‘अब थाहा पाएको पाँच वर्ष मात्र होइन जुनसुकै कालखण्डमा पनि भ्रष्टाचारको मुद्दा चलाउनलाई कुनै बाधा व्यवधान हुने छैन ।’

हदम्यादको प्रावधान राखेको भन्दै आलोचना भएपछि समितिमा सदस्यहरूले पनि हटाउनुपर्ने राय बैठकमा दिएका दिए । त्यसपछि हटाउने निर्णय भएको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया