Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इजरायलले गाजामा मानवीय सहायता पुर्‍याउन युद्धविरामको सहमति गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार गाजाका बालबालिकाहरूलाई पोलियोविरुद्ध खोप लगाउनका लागि यो युद्धविराम गर्न इजरायलले मानेको हो। डब्ल्यूएचओका वरिष्ठ अधिकारी रिक पिपरकोर्नले गाजापट्टीमा सञ्चालन हुने यो अभियान अन्तर्गत ६ लाख ४० हजार बालबालिकालाई खोप दिने योजना रहेको बताएका छन्।

यो खोप अभियान आइतबारबाट सुरु भई तीन दिनसम्म चल्नेछ जसले गाजाको मध्य, दक्षिणी र उत्तरी क्षेत्रहरूलाई समेट्नेछ। युद्धविराम बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म कायम रहनेछ। यो सम्झौता १० महिनाको शिशुमा पोलियोका कारण पक्षाघात भएको पत्ता लागेपछि संयुक्त राष्ट्र संघका अधिकारीहरूको पहलमा भएको हो।

गाजामा २५ वर्षपछि यस वर्ष पोलियो पुनः देखा परेको छ। हाल गाजामा १२ लाख ६० हजार डोज पोलियो खोप उपलब्ध रहेको र छिट्टै थप ४ लाख डोज खोप आउने बताइएको छ। यो खोप अभियानको समन्वय प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय, डब्ल्यूएचओ, युनिसेफ र यूएनआरडब्ल्यूएले गर्नेछन्। यस अभियानमा २ हजार स्वास्थ्यकर्मीहरूले खोप प्रदान गर्नेछन्।

तपाईको प्रतिक्रिया