Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक)लाई प्रमाणीकरण गरेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार बिहीबार राष्ट्रपतिले टीआरसी विधेयकलाई प्रमाणीकरण गरेका हुन्। यसअघि बुधबार सभामुख देवराज घिमिरेले उक्त विधेयक प्रमाणित गरेर राष्ट्रपतिलाई पठाएका थिए। विधेयक अब राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ।

तपाईको प्रतिक्रिया