Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

काठमाडौं – टेक्सासको ह्युष्टनमा गोली लागेको अवस्थामा मृत भेटिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई एकल महिला अनिता पाण्डे अधिकारीले निकै संघर्ष गरेर हुर्काएकी थिइन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पारिवारिक श्रोतका अनुसार श्रीमानबाट अपहेलित भएपछि एक्लै बसेर छोरीलाई हुर्काएकी अनिताले आफै काम गरेर निकै संघर्ष गरेर हुर्काएकी थिइन् । ५ वर्षदेखि एक्लै बसेर अनिताले मुनालाई हुर्काएकोमा २०२१ मा मुना स्नातक अध्ययनका लागि अमेरिका आएकी थिइन् ।

पारिवारिक श्रोतका अनुसार मुना सुरुमा नेपालबाट गएको साथीसँग बस्दै आएपनि पछि अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । मुनाको एकजना श्वेत अमेरिकनसँग प्रेमसम्बन्ध रहेको पारिवारिक श्रोतले पुष्टि गरेको छ । मुनाले प्रेमीसँग घुम्न गएका फोटो र भिडियोपनि आमा अनितालाई पठाउने गरेको तर बीचमा भने उनीहरुबीच सम्बन्ध त्यति राम्रो नभएको समेत मुनाले आमालाई बताएको जनाइएको छ ।

आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छिन् भने मुनाको न्यायका लागि सघाउन अमेरिकामा रहेका नेपालीहरूलाई अनुरोध समेत गरेकी छिन् । ४ दिनदेखि मोबाइल अफ रहेको र पहिले पनि बेलाबेलामा अफलाइन हुने गरेकाले कतै घुम्न गएको होला भन्ने ठानेको तर अहिले दुखद खबर सुन्नुपरेको उनको भनाई छ ।

यो पनि : अमेरिकामा अध्ययनरत भोजपुरकी मुनाको हत्या

नेपालको भोजपुरकी मुना ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत थिइन् । उनी ३ वर्ष अगाडि सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएको र उनकी काठमाडौंमा रहेकी आमा अनिता पाण्डे अधिकारीलाई घटनाबारे जानकारी दिइसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले खसोखासलाई जानकारी दिए । उनले भने, ‘मुनालाई एकल आमाले दुख गरेर हुर्काउनुभएको रहेछ ।’

मुनाको सामाजिक सञ्जाल अनुसार उनी गत जनवरीमा २१ वर्ष पुगेकी थिइन् । उक्त दिन उनले आफ्नो कभरफोटो समेत अपडेट गरेकी थिइन् । –खसोखासबाट

तपाईको प्रतिक्रिया