Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो-हल्ला गरेको आरोपमा पक्राउ परेका युवाहरूको रिहाइको माग गरेका छन्। बुधवार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद ढकालले टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा युवाहरूले विरोध स्वरूप दिएको भाषणलाई अराजकता ठहर गर्दै पक्राउ गर्नु अनुचित भएको बताए। उनले सरकारलाई युवाहरूको विरोधका आवाज सुन्न आग्रह गरे।

उनले देशभित्र अवसर र रोजगारीको कमीका कारण निराश युवाहरूले सिंहदरबार भित्रका भ्रष्टाचारका विरुद्ध आवाज उठाएको भन्दै यसै कारणले उनीहरूलाई पक्राउ गर्न नहुने बताए। साथै, उनले सरकारले युवाहरूलाई आतंकित नगर्न पनि चेतावनी दिए।

ढकालले भने‚ ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरूले विरोध भाषण गरे। सरकारले त्यो भिडियो फुटेज स्क्रिनिङ गरी गरी हिजोबाट ती युवाहरूलाई हिरासतमा राख्न थालेको रहेछ। यो बिल्कुल गलत भएको छ। युवाले राखेको विरोधका बोली राज्यले सुन्न सक्नुपर्छ। ती युवाहरूलाई तत्काल रिहाको माग गर्न चाहान्छु। साथै विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरूलाई समातिएको समाचार आएको छ। कमिलाको उड्ने वेला प्वाँख पलाउँछ। सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाए जस्तै हुन्छ।’

 

तपाईको प्रतिक्रिया