Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गतको चर्चित पर्यटकीय गन्तव्य घोरेपानीको पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक हराएका छन्। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–९ स्थित तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानीतर्फ यात्रा गरिरहेका इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) नामक दुई स्पेनिस नागरिक बेपत्ता भएको स्थानीय प्रवक्ता भरतमान गुरुङले जानकारी दिएका छन्।

आइतबार साँझ भुरुङदी खोलाको पुलनजिक पर्यटकका दुईवटा झोला बेवारिसे अवस्थामा फेला परेको थियो। यसपछि सोमबार दिनभर खोजी कार्य जारी रहे पनि उनीहरूको अवस्था पत्ता लगाउन नसकिएको प्रवक्ता गुरुङले बताए। पर्यटकलाई खोलाले बगाएको हुनसक्ने आशंका गरिएको छ।

“पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ”, प्रवक्ता गुरुङले भने । एक्याप विरेठाँटी चेकपोस्टका प्रमुख यामबहादुर गुरुङले पनि आइतबार बिहान ती पर्यटकहरूले कार्यालयमा आफ्नो नाम दर्ता गरेको पुष्टि गरेका छन्। उनले झोलाहरूलाई बाटोमा छोडेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर पर्यटकहरू बेपत्ता भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया