Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट पनि निलम्बन गर्ने तयारी गरेको छ। पार्टीको अनुशासन र आचरण विपरीत गतिविधि गरेको आरोपमा ढकालको महामन्त्री र प्रवक्ताको पद खोसिएको थियो। उनलाई ३५ दिनको स्पष्टीकरणको समय दिइएको थियो तर ढकालले पार्टी सभापति रवि लामिछाने र अन्य नेताहरूविरुद्ध निरन्तर बोल्दै आए।

पार्टी अनुशासन आयोगले ढकालको क्रियाकलापले पार्टीलाई हानी गरेको निष्कर्ष निकालेको छ जसका आधारमा उनलाई साधारण सदस्यबाट पनि हटाउने आवाज उठेको छ। भदौ ५ गतेको बैठकले ढकाललाई अन्तिम पटक २४ घण्टे स्पष्टीकरण मागेको थियो तर ढकालले लामिछानेलाई ‘अपराधी’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि पार्टीले उनलाई साधारण सदस्यबाट पनि निलम्बन गर्ने निर्णयमा पुगेको हो।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिएका छन्। उक्त बैठकमा अनुशासनात्मक कारबाहीलगायत विभिन्न पाँच एजेन्डामा छलफल हुनेछ।

 

 

तपाईको प्रतिक्रिया