Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

टोकियो – पूर्वमन्त्री जगतप्रसाद गौचनसंग टोकियोमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

निजी भ्रमणको सिलसिलामा जापान आएका पूर्व भौतिक योजना मन्त्री गौचनको स्वागतमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आईतबार उक्त भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा बोल्दै पूर्वमन्त्री गौचनले जापानमा आएर गृहजिल्लाबासीहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्न पाउँदा ज्यादै खुशी लागेको बताए । पूर्वमन्त्री गौचनले आजभन्दा ४५ वर्ष अगाडि पाईला टेकेको देश जापानमा अहिले नेपालीहरुले गरेको उन्नती, प्रगती र हासिल गरेको समृद्धि देखेर अत्यन्तै खुशी लागेको बताउँदै उन्नत चेत भएका प्रवासी नेपालीहरु राष्ट्र र जनताका लागि पनि सक्दो योगदान मिसाउन आग्रह गरे । कुनै पनि मुलुकले कायापलट हुनेगरी बिकास गर्न एउटा पुस्ताले त्याग गर्नुपर्ने तथ्य जापानबाट सिक्नुपर्ने बताउँदै अब नेपालमा त्यो समय आएकोले हामी सबै जुट्नुपर्ने विचार ब्यक्त गरे । गौचनले नेपालको पछिल्लो राजनीतिले अपेक्षाकृत सहि लय समात्न नसक्दा नेपाली जनतामा ब्याप्त निराशालाई चिर्न हामी सबै एक ढिक्का भएर राष्ट्रका लागि फेरि एकपटक जाग्नुपर्ने बेला आएको धारणा ब्यक्त गरे ।पूर्वमन्त्री गौचनले जापानी जनतामा निहित देशभक्तिपूर्ण भाव, इमान्दारिता र श्रमप्रति गर्ने उच्च सम्मान जस्ता जापानी सँस्कारबाट आफु अत्यन्तै प्रभावित भएकोले नेपाल फर्केर उक्त सँस्कार अवलम्बन गर्ने गरेको धारणा ब्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि मोनाका केन्द्रीय अध्यक्ष ददिदवल खड्काले जिल्लाका अग्रज तथा सामाजिक ब्यक्तित्वसंग साक्षात्कार गर्न पाउँदा गर्व लागेको धारणा ब्यक्त गरे ।

मोना जापानका उपाध्यक्ष पवित्रा पुनको सभापतित्वमा भएको अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा पूर्वमन्त्री गौचनलाई खादा तथा कदर पत्रले सम्मान गरिएको थियो ।

सो अवसरमा बोल्दै मोनाका सल्लाहकार समेत रहेका पत्रकार तिलक मल्लले पूर्वमन्त्री गौचनले तात्कालिन समयमा वैदेशिक रोजगारीको आकर्षक गन्तब्य मुलुक जापानसंग म्याग्देली तथा समग्र नेपाली युवाहरुलाई परिचित गराउनमा खेलेको अग्रणी भूमिका र योगदानलाई बिर्सन नमिल्ने बताए । यसैगरी सो अवसरमा मोना आइसीका युवा संयोजक समेत रहेका एनआरएनएका उपाध्यक्ष सचिन श्रेष्ठ, सल्लाहकार राम खड्का, मोना जापानका पूर्व सल्लाहकार शरदकुमार गौचन, छन्त्याल समाज जापानका अध्यक्ष गंगा छन्त्याल लगायतले नेपाली समाजका लागि पूर्वमन्त्री गौचनको बहुआयामिक योगदान बारे चर्चा गरेका थिए ।

मोना जापानका वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठको सञ्चालन रहेको सो कार्यक्रममा अर्का उपाध्यक्ष महेन्द्र चोखालको स्वागत मन्तब्य रहेको थियो ।

स्मरण रहोस्, पूर्वमन्त्री गौचन ७० को दशकमा मार्शल आर्ट कराते सिक्न जापान आएका थिए । उक्त सीपलाई आफ्नो देश नेपालमा लगेर उक्त खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सोही क्रममा उनकै समन्वयकारी अग्रणी भूमिकाका कारण जापानको श्रमबजारमा नेपाली युवाहरुले प्रवेश पाएका थिए । जुन क्रम बढेर अहिले २ लाखको हाराहारीमा पुगेको हो ।***

तपाईको प्रतिक्रिया