Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि टिकटकले खुसी व्यक्त गरेको छ। भदौ ६ गतेको मन्त्रीपरिषद् बैठकले केही शर्तहरू सहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो।

टिकटकका प्रवक्ताले टिकटक खुल्न लागेकोमा खुशी व्यक्त गर्दै यसले नेपाली क्रियटर र व्यवसायहरूका लागि आर्थिक अवसरहरूको ढोका खोल्ने बताए। उनले नेपालीहरूको डिजिटल अनुभवप्रतिको चासोलाई पनि सम्मान गरेको उल्लेख गरे। यसका साथै नेपालीहरूको स्वतन्त्र आवाज बन्ने दावी टिकटकले गरेको छ । यद्यपि, मन्त्रीपरिषद्को निर्णय भए पनि टिकटक अझै खुलेको छैन। सरकारले टिकटकलाई औपचारिक रूपमा खुलाउनका लागि पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरतामा योगदान पुर्‍याउने, सार्वजनिक शिक्षालाई सुधार्न सहयोग गर्ने, र सामाजिक सद्भाव खलल पार्ने सामग्रीहरू फिल्टर गर्ने शर्त तोकेको छ।

यी शर्तहरू पूरा भएपछि मात्र टिकटक औपचारिक रूपमा चल्न पाउनेछ। सामाजिक सञ्जाल निर्देशिका २०८० अनुसार, टिकटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भइसकेको छ र पोइन्ट अफ कन्ट्याक्ट पनि तोकिएको छ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया