Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे नेपाल आइपुगेकी छन्। उनी तनहुँमा भएको बस दुर्घटनामा घाइते भएका भारतीय यात्रुलाई भेट्न र मृतकहरूको शव लिएर जान आएकी हुन्। शुक्रबार  पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा राज्यमन्त्री खडसे नेपाल आएकी हुन्। काठमाडौं त्रिभुवन विमानस्थलमा उनलाई नेपालस्थित भारतीय राजदूताबासका अधिकारीहरूले स्वागत गरेका थिए। उनी त्रिभुवन शिक्षण अस्पतालमा घाइतेहरूको अवस्थाबारे बुझ्न गएकी छन्।

दुर्घटनामा परेका मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेशको जलगाउँ जिल्लाका हुन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले उद्धार कार्यमा सहयोग गरेको थियो। घाइतेहरूको उपचार त्रिभुवन शिक्षण अस्पतालमा भइरहेको छ।

तपाईको प्रतिक्रिया