Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बिहीबार र शुक्रबार लगातार बढेको अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमय दर शनिबार भने घटेको छ । शनिबार बेलायती पाउण्ड स्थिर रहँदा अमेरिकी डलर, यूरो र कतारी रियालको विदेशी विनिमय दर घटेको हो ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ ८३ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

तपाईको प्रतिक्रिया