Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ। शुक्रबार सिंहदरबारमा जारी समितिको बैठकले गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसँग बयान लिइरहेको छ ।

लामिछानेमाथि पत्रकारितामा सक्रिय रहँदा जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा पैसा अपचलन गरेको आरोप लागेको छ।

उनीहरुमाथि पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी जम्मा ३२ करोड ४५ लाख रुपैयाँ गोरखा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप छ।

तपाईको प्रतिक्रिया