Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना साउनमा ५९ हजार ५७५ जना नेपालीले वैदेशिक रोजगारका लागि देश छोडेका छन्। बैदेशिक रोजगार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकअनुसार सो संख्याका कामदारले श्रम स्वीकृति प्राप्त गरेका छन्। साउनमा ३६ हजार ९२८ जनाले पहिलो पटक वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन्। गत वर्षको साउन महिनामा ५५ हजार ५७५ जनाले वैदेशिक रोजगारीको स्वीकृति लिएका थिए। जसको आधारमा यस वर्ष वैदेशिक रोजगारमा जानेहरूको संख्या ७.१९ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षभरमा नेपालबाट ७ लाख ४१ हजार २९७ जना कामदारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका थिए। समीक्षा महिनामा ९३ देशमा नेपाली कामदार रोजगारीका लागि गएका छन। जसमा सबैभन्दा बढी १७ हजार ५४१ जना युएई पुगेका छन् तीमध्ये १२ हजार २३८ जना नयाँ कामदार हुन्। दोस्रो स्थानमा साउदी अरब रहेको छ।जहाँ ११ हजार ८०९ जना कामदार गएका छन। तीमध्ये ६ हजार ९०० जना नयाँ कामदार हुन्।

तेस्रो स्थानमा कतार रहेको छ। जहाँ ११ हजार ७८५ जना नेपाली कामदार पुगेका छन। तीमध्ये ३ हजार ७६३ जना पहिलो पटक वैदेशिक रोजगारमा गएका हुन्। अन्य देशहरूमा कुवेतमा ४ हजार ६९५ जना, रोमानियामा २ हजार २९८ जना, जापानमा १ हजार ५७२ जना, मलेसियामा १ हजार ३४४ जना, कोरियाामा १ हजार १३८ जना, माल्दिभ्समा ८७८ जना नेपाली कामदार पुगेका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया