Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी बिहीबार रद्द गरेको छ। यो कदम संयुक्त राष्ट्रसङ्घको टोली ढाका पुगेको एक दिनपछि लिइएको ह। जसले हसिनाको भविष्य योजनालाई अन्योलमा पार्नसक्छ। हसिना भारतमा शरण लिइरहेकी छिन। उनको १५ वर्ष लामो शासनको अन्त्यमा भएको आन्दोलनमा ४५० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो।

बङ्गलादेशको गृह मन्त्रालयले हसिनाको राहदानी रद्द गर्ने निर्णयसँगै पूर्वमन्त्री र पूर्वसांसदहरूको राहदानी पनि रद्द गर्नुपर्ने जनाएको छ। यो निर्णयले भारतलाई कूटनीतिक दुविधामा पारेको छ। भारतले हसिनालाई शरण दिए पनि प्रधानमन्त्री मोदीले बङ्गलादेशका नयाँ नेता नोबेल विजेता मोहम्मद युनुसलाई पनि समर्थन गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक प्रतिवेदनमा बङ्गलादेशको सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो सङ्केत र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको बताएको थियो ।

तपाईको प्रतिक्रिया