Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

काठमाडौं – सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग शुक्रबार बयान लिने भएको छ । लामिछानेलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाइएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लामिछानेलाई गोरखा मिडिया नेटवर्क कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिले जनाएको छ । सूर्यदर्शन, सानोपाइलालगायत सहकारी संस्थामा सर्वसाधारणले राखेको रकम गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको सन्दर्भमा सोधपुछका लागि समितिले लामिछानेलाई बोलाएको हो ।

समितिले आरोपितसँग बयान लिने क्रम अन्तिम चरणमा पुर्‍याएको छ । सञ्चार क्षेत्रमा हुँदा रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लागेको छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लागेको छ ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । उनले कम्पनीमा १५ प्रतिशत स्वेट शेयर लिएको बताएका छन् । समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर बयान लिइसकेको छ । विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उनको हस्ताक्षर चल्ने गरेको बयानमा उल्लेख गरेका थिए । चाँडै बयान सकेर प्रतिवेदन तयार पार्ने समितिको तयारी छ ।

तपाईको प्रतिक्रिया