Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीवार सम्पन्न मन्त्रिपरिषदको बैठकमा यो निर्णय लिइएको हो।

कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीका अनुसार शर्तसहित टिकटक पुनः संचालन गर्न अनुमति दिइएको छ। उनले भने, ‘सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । यसका लागि नियमन गर्न तीन महिनाको परीक्षणकाल राखिएको छ,’

टिकटकमाथि २०८० कात्तिक २७ गते सामाजिक सद्भाव बिगारेको र अश्लील सामग्री प्रदर्शन गरेको आरोपमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको थियो।

तपाईको प्रतिक्रिया