Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बिहीबार दिउँसो थाइल्यान्डमा एउटा यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भएको छ। यो जहाज बाङ पाकोङ जिल्लाको चाचेङसाओमा रहेको मानग्रोभ जंगलमा दुर्घटनाग्रस्त भएको हो ।

थाइल्यान्डको नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएअनुसार एफएल ३६० एरो कलसाइनको थाई फ्लाइङ सर्भिस सेस्ना क्याराभान सी २०८ (एचएस-एसकेआर) जहाजमा ९ जना यात्रु सवार थिए। जहाज सुवर्णभूमि विमानस्थलबाट दिउँसो २:४६ बजे उडान भरेको थियो र टार्ट प्रान्तको को माई ची विमानस्थलमा अवतरण गर्ने तालिका थियो।

यो जहाज दिउँसो ३:०० बजेसम्म सुवर्णभूमि विमानस्थलस्थित टावरसँग सम्पर्कमा थियो तर त्यसपछि दिउँसो ३:१८ बजे दुर्घटनामा परेको पुष्टि भयो। खोजीका क्रममा जहाज जंगल भित्र ध्वस्त अवस्थामा भेटियो। दुर्घटनाको हताहतीबारे अझै विस्तृत विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया