Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनका बक्यौता पूर्णरूपमा असुली गरिने स्पष्ट पारेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बक्यौता छुट नदिइने बताउँदै भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ । विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।’

प्रधानमन्त्री ओलीले सरकार र विद्युत प्राधिकरणबीच कुनै विवाद नभएको प्रष्ट पार्दै, हाल सामाजिक सञ्जाल र केही मिडियामा चलिरहेको आधारहीन प्रचारको खण्डन गरे। उनले विद्युत प्राधिकरणले महसुल उठाउने प्रयास गरिरहेको बेला सरकारलाई मिनाहा गरेको भनेर फैलाइएको झुटो प्रचारप्रति ध्यान नदिन आग्रह गरे।

 

 

 

तपाईको प्रतिक्रिया