Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । नेप्से ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा अडिएको छ । आइतबार करेक्सन देखिएको सेयर बजारमा सोमबार र मंगलबारको सार्वजनिक बिदापछि बुधबारको बजार झिनो अंकले मात्रै बढेको थियो । बिहीबार पनि निरन्तरता दिँदै झिनो अंकले बजार बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि केही बढेको छ । बिहीबार ३३३ कम्पनीको १९ अर्ब १६ करोड रुपैयाँ बराबारको कारोबार भएको छ । बुधबार १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको कारोबार भएको थियो ।

यस दिन १३२ कम्पनीको सेयरमूल्य बढ्दा १०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटा स्थिर रहेको छ । सूचीकृत १३ उपसमूहमध्ये ६ समूह बढ्दा ७ समूह घटेको छ । सर्वाधिक बढ्नेमा विकास बैंक समूह रहेको छ । यस समूह ४.५२ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै ट्रेडिङ समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूह १.५५ प्रतिशतका दरले घटेको हो । सात कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

 

तपाईको प्रतिक्रिया