Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

कतिपयलाई धेरै निन्द लाग्ने समस्या हुन्छ भने कतिलाई रातमा निन्द्रा नै नलाग्ने समस्याले सताइरहेको हुन्छ । निदाउनु स्वस्थवध्द्रक कुरा भएता पनि निन्द्रा नलाग्ने समस्याले भने धेरै स्वास्थ्य समस्या निम्त्याईरहेको हुन्छ ।

अहिलेको व्यस्त जीवनशैलीका कारण प्राय सबैजना तनाव र प्रेसरमा हुन्छन् र अत्यधिक तनावको कारण निद्रा नलाग्ने समस्या हुन्छ । र तनावले निद्रा नलाग्ने समस्या बढ्दै गएर अन्त्यमा गम्भीर रोगमा परिणत हुन पनि सक्छ ।

स्वस्थ रहनका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ । यसका लागि दैनिक कम्तीमा ७ देखि ८ घण्टा सुत्न आवश्यक हुन्छ । यदि तपाईँलाई पनि रातमा निद्रा नलाग्ने समस्या छ भने यस्ता उपायहरू अपनाउन सक्नुहुनेछ ।

  • राति सुत्दा तातो दूधमा एक चम्चा घिउ मिसाएर पिउनुपर्छ । दूधमा एक चम्चा घिउ मिसाएर पिउनाले निद्राको समस्या हट्छ । राति सुत्नुअघि एक गिलास मनतातो दूधमा घिउ मिसाएर पिउनाले मस्तिष्कका स्नायु शान्त हुन्छ र एकदमै आराम महसुस हुने गर्छ । दूध र घिउको सेवनले तनाव कम गरी मुड पनि ठिक बनाउने भएकाले यो विधि अपनाउँदा राम्रो निद्रा पर्छ ।
  • बढी मात्रामा पेय पदार्थ, चिया, चुरोट, खैनी सेवन नगर्नुहोस् । दिउँसो दुई बजेपछि चिया, कफीजस्ता क्याफिनयुक्त पेय नलिनुस् । सुत्नुअघि चिया, कफी खाने बानी छ भने बानी सुधार्नुहोस् । क्याफिनयुक्त पेयले राम्रो निद्रा पर्न दिँदैन ।
  • सकभर सुत्नुभन्दा ३ घण्टा पहिले नै खाना खानुहोस् । राति टन्न खाने बानी छ भने त्यो सुधार्नुहोस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खानाले राती मीठो निद्रा लगाउँछ ।
  • निद्रा लगाउन मदिराको चुस्की लिने बानी छ भने छोडिहाल्नुस् । किनकि, मदिराले केहीबेर मात्र निद्रा लगाउँछ । एक पटक बिउँझिएपछि छिनछिनमा बिउँझिने समस्या हुन्छ । मदिरा खानै परेमा सुत्नुभन्दा दुई घण्टाअघि मात्र खाने गर्नुपर्छ ।
  • अफिसबाट फर्किएर फ्रेस हुन कतिपयले तातो पानीले नुहाउने गर्छन् । तर, तातो पानीले नुहाउँदा गहिरो निद्रा पर्दैन । किनकि, निदाउन शरीर एक हदसम्म चिसो हुनुपर्छ । नुहाउनै परे सुत्नुभन्दा तीन घण्टा जति अघि नै बाथरुम छिरिसक्नुपर्छ ।
  • ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउँदा निद्रा लाग्दैन । त्यसैले मोबाइल स्विच अफ गरेर अथवा मोबाइल साइलेन्समा राखेर सुत्नुपर्छ ।
  • सधैँ एकै समयमा सुत्ने र उठ्ने बानी बसाले अनिद्राको समस्या हट्दै जान्छ ।
  • चुरोट खानेभन्दा नखानेहरू चार गुणा राम्रोसँग निदाउन सक्छन् भन्ने अनुसन्धानले पुष्टि गरिसकेको छ । चुरोटमा पाइने निकोटिनले राम्रोसँग निदाउन दिँदैन । त्यही भएर चुरोटको अम्मलीले पनि सुत्नुअघि भरसक चुरोट नखानु राम्रो हुन्छ ।
  • प्रेसर, डिप्रेसनलगायत औषधि नियमित सेवन गर्ने गरिन्छ । यस्ता औषधि सुत्नुभन्दा डेढ अथवा दुई घण्टाअघि खाने गरेमा ननिदाउने समस्या कम हुन्छ ।
तपाईको प्रतिक्रिया