Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको प्रमुख नाका नागढुंगानजिकै पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान १० बजेतिर ठूलो पहिरो खसेर ढुंगा, माटो र रुखहरू राजमार्गमा झरेपछि यातायात सम्पूर्ण रूपमा ठप्प भएको हो।

महानगरीय प्रहरी बृत्त नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन र त्यसैले काठमाडौं-नागढुंगा सडक दुवैतर्फी बन्द गरिएको जानकारी दिए।

पहिरो पन्छाउन दुवैतर्फबाट डोजर तयार राखिएको भए पनि पहिरो झरिरहेकाले सडक खुलाउन कठिन भएको छ। “ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने कार्य शुरू हुनेछ,” थपलियाले बताए।

 

 

तपाईको प्रतिक्रिया