Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

टोकियो – सप्ताहान्तमा जापानको एउटा विमानस्थलमा ३६ वटा उडान रद्द गरियो । अरू २०१ वटा उडानमा ढिलाइ भयो । विमानस्थलको बोर्डिङ गेट नजिकै रहेको एउटा पसलबाट एक थान कैँची हराएपछि शनिबार होक्काइदोको न्यू चितोस विमानस्थलको घरेलु टर्मिनलमा करिब २ घन्टा सुरक्षा जाँच बन्द गरियो ।

यसो गर्दा सयौँ यात्रीहरू अलपत्र परे । दोहोर्‍याएर सुरक्षा जाँच गर्नु परेपछि प्रस्थान कक्षमा यात्रीको ताँती लागेको थियो । अधिकारीहरू पसलबाट हराएको कैँची खोज्ने प्रयासमा व्यस्त थिए । तर कतै पनि कैँची भेटिएन । केही घण्टापछि सेवा सुचारु गरियो ।

भोलिपल्ट सोही पसलमा उक्त कैँची भेटिएको उक्त विमानस्थल सञ्चालक कम्पनी होक्काइलो एयरपोर्टले सोमबार बताएको थियो । पसलमा काम गर्ने एक कामदारले सो कैँची फेला पारेको बताइएको छ । भेटिएको कैँची हराएको भनेर खोजिएकै हो भन्ने पुष्टि नहुँदासम्म यसको सूचना जारी नगरिएको अधिकारीहरूले बताएका थिए ।

यातायात मन्त्रालयले यो घटनाको कारणबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन होक्काइदो एयरपोर्टलाई निर्देशन दिएको छ । न्यू चितोस जापानको सबैभन्दा व्यस्त विमानस्थल हो । सन् २०२२ मा यहाँबाट डेढ करोडभन्दा धेरैले हवाई यात्रा गरेका थिए । बीबीसी

तपाईको प्रतिक्रिया