Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीले सेप्टेम्बरमा २७ नयाँ नेता चयन गर्ने तथा नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बताएको छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारको अनुमोदन मूल्यांकनको परिणामपछि अर्को महिना पदबाट हट्ने निर्णय गरेका छन्। यसपछि, पार्टीले नयाँ नेता चयन गर्ने र उनलाई प्रधानमन्त्रीका लागि सिफारिस गर्ने घोषणा गरेको हो।

लिबरल डेमोक्र्याटिक पार्टीको अर्को अध्यक्ष बन्ने अभियान सेप्टेम्बर १२ मा मतदानसहित सुरु हुने आन्तरिक समितिले मङ्गलबार निर्णय गरेको पार्टी अधिकारीले बताएका छन् । किशिदा सन् २०२१ को अक्टोबरदेखि प्रधानमन्त्री बनेका थिए र हालको मूल्यवृद्धि लगायतका समस्यामा समीक्षा गर्दा उनीप्रति विश्वासमा कमी आएको छ।

तर, किशिदाले सत्तामा हुँदा विदेशी सहयोगीहरूको विश्वास जित्न सफल भएका छन। विशेष गरी रुसको आक्रमणपछि अमेरिकी समर्थनसहित युक्रेनको पक्षमा उभिए र जापानी रक्षा नीतिलाई बलियो बनाउने प्रयास गरे।

आगामी प्रतिस्पर्धामा पार्टीका दिग्गजदेखि उदीयमान युवासहित तीन महिला उम्मेदवारको सम्भावना रहेको र उनीहरू पार्टीभित्र समर्थन जुटाउन पहल गरिरहेको बताइएको छ ।

 

 

तपाईको प्रतिक्रिया