Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

काठमाडौं – समाजवादी चिन्तक स्व. प्रदीप गिरिकी श्रीमती भारती सिलवाल गिरिले कांग्रेस सभापति शेरबहादुर देउवाले लगेको किताब फिर्ता नगरेको भनेपछि हाँसो गुञ्जियो । गिरिको स्मृति दिवसका अवसरमा बत्तीसपुतलीमा मंगलबार आयोजित कार्यक्रममा आफूले पढ्दै गरेको किताब देउवाले लगेको स्मरण गरिन् ।

‘शेरबहादुरजी लन्डनबाट फर्किनुभएको थियो । उहाँलाई याद छ कि छैन । हामी त्यतिबेला थापाथलीमा बस्थ्यौँ । उहाँ जाने बेलामा मेरो एउटा जयकृष्णमूर्तिको किताब लिएर जानुभयो, मेरो अनुमतिबिना । सायद, त्यसको नाम लास्ट फ्रिडम थियो,’ उनले सम्झिइन्, ‘मैले भने- किताब किन लैजान लागेको दिनुस् त मलाईं । म आध्यात्मिक पढ्दै छु भनेँ । पीजे (प्रदीप गिरि)ले छाड्देउ लान देउ भन्नुभयो । मैले उहाँले फर्काउनहुन्न क्या भनेँ । फर्काउछन्, लैजानदेउ भन्नुभयो ।’

आफ्ना श्रीमान्लाई सम्झेर भावुक बनेकी गिरिले देउवाले उक्त किताब फर्काउने आशा व्यक्त गरिन् । ‘शेरबहादुरजीले लैजानुभएको कृष्णमूर्तिको किताब… । उहाँ गृहमन्त्री पनि भइसक्नुभयो, पाँचपटक प्रधानमन्त्री पनि भइसक्नुभयो । छैटौँपटक प्रधानमन्त्री हुने सम्भावना छ । तर, उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु,’ उनले भनिन् । उनले त्यतिभन्दा हलमा हाँसो गुञ्जियो ।

तपाईको प्रतिक्रिया