Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जानेछन्। प्रधानमन्त्री मोदीले यसअघि तेस्रो पटक निर्वाचित भएपछि रुसको राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रुस भ्रमण गरेका थिए र अब उनी युक्रेन जान लागेका छन्। रुस र युक्रेनबीच युद्ध जारी रहेको सन्दर्भमा यो भ्रमण महत्वपूर्ण मानिएको छ।

विदेश मन्त्रालयका सचिव तन्मय लालले प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको निमन्त्रणामा युक्रेनको औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् । उनले भने, ‘यो महत्वपूर्ण र ऐतिहासिक भ्रमण पनि हो, किनभने हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षभन्दा बढी समयमा कुनै भारतीय प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्ने यो पहिलो पटक हुनेछ ।’

सन् १९९१ मा रुस नेतृत्वको सोभियत संघबाट अलग भएर स्वतन्त्र राष्ट्र बनेको युक्रेनमा कुनै पनि भारतीय प्रधानमन्त्रीले यसअघि भ्रमण गरेका थिएनन्। यसपटकको भ्रमणले नयाँ इतिहास रच्नेछ।

तपाईको प्रतिक्रिया