Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

काठमाडौं – अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना सहयात्री बुच विल्मोरसँग अन्तरिक्षमा फसेका छन् । ५ जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा सवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका थिए । उनको मिसन १० दिनका लागि मात्र थियो तर स्टारलाइनरमा खराबीका कारण उनको फिर्ता रोकिएको छ र उनको आइएसएसमा बसाई अझै ६ महिनासम्म लम्बिने बताइएको छ ।

सुनिता र बुच अन्तरिक्षमा फसेको बारेमा विश्वभर चर्चा भइरहेको छ तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुवै सुरक्षित रहेको र आईएसएसको अनुसन्धान र मर्मतसम्भारमा सहयोग गरिरहेको बताएको छ । वरदा स्पेस इन्डष्ट्रिजका संस्थापक र अध्यक्ष डेलियन एस्पारोहोभले सोचेभन्दा सात महिना लामो अन्तरिक्षमा रहेमा यसलाई आफूले निश्चित रुपमा फसेको भन्ने टिप्पणी गरेका छन् ।

यति मात्र होइन सुनिता विलियम्सका अगाडि एउटा नयाँ समस्या खडा भएको छ । अढाइ महिनादेखि अन्तरिक्षमा अड्किँदा उनको दृष्टि धमिलो हुँदै गइरहेको छ । सुनिता विलियम्स माइक्रोग्रेविटीको लामो समयसम्म सम्पर्कमा रहँदा उनको आँखामा समस्या आएको बताइएको छ । नासाका अनुसार स्पेस स्टेसनमा बस्दा हुने यो समस्यालाई स्पेसफ्लाइट एसोसिएटेड न्यूरो–ओकुलर सिन्ड्रोम भनिन्छ ।

यसले शरीरमा तरल पदार्थको वितरणलाई असर गर्छ, दृष्टि समस्या निम्त्याउँछ । यसले दृष्टि धमिलो हुन्छ र आँखाको संरचना पनि परिवर्तन हुन सक्छ । विलियम्सको आँखाको स्वास्थ्य थाहा पाउन उनको रेटिना, कोर्निया र लेन्स स्क्यान गरिएको नासाले बताएको छ ।

तपाईको प्रतिक्रिया