Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

काठमाडौं – गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नका लागि संविधान संशोधन गर्न लागिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो धारणा राखेका हुन् ।

‘संविधान संशोधन गर्ने विषयलाई पनि हामीले एजेण्डा बनाएका छौँ । तर संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नका लागि थप राम्रो बनाउनका लागि हो । पछाडि फर्किनका लागि होइन’ गृहमन्त्री लेखकले भने ।

उनले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको उल्लेख गरे ।  विगत डेढ वर्षको अवधिमा सत्ता समिकरण फेरिरहँदा पूँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको उनको भनाई थियो ।

 

तपाईको प्रतिक्रिया