Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले पहिरोपीडित बझाङका वीरबहादुर धामीको परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको छ। घरमाथिबाट पहिरो खस्दा चार जना परिवारका सदस्य गुमाएका धामीको परिवारलाई राहत उपलब्ध गराउने घोषणा मुख्यमन्त्री कमलबहादुर शाहले गरेका हुन्।

मुख्यमन्त्री शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत प्रदान गर्ने उल्लेख गर्दै शोक वक्तव्य जारी गरेका छन्। बझाङको बुङ्गल नगरपालिका-१० स्थित टुमेडागाउँमा गएको राति पहिरोले वीरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको ज्यान लिएको थियो। धामीसहित अन्य ६ जना भने भागेर सुरक्षित हुन सफल भएका थिए।

यो पनि पढ्नुहोस् : बझाङमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

तपाईको प्रतिक्रिया