Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – डा. गोविन्द केसीले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई दिइएको सम्बन्धनलाई चुनौती दिँदै पुनः सर्वोच्च अदालतमा पुगेका छन्। उनले बीएण्डसीलाई प्राप्त सम्बन्धनमा गम्भीर त्रुटिहरू रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन्।

केसीले आठवटा आधार प्रस्तुत गर्दै यसअघिको अदालतको निर्णय बदर गरिनुपर्ने माग गरेका छन्। यसअघि, २०८० चैत १२ गते सर्वोच्च अदालतले न्यायाधीशद्वय कुमार चुँडाल र सारंगा सुवेदीको इजलासबाट बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्ने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो। तर, उक्त निर्णयको विरुद्धमा केसीले पुनः अदालतको ढोका ढक्ढक्याएका छन्।

तपाईको प्रतिक्रिया