Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार थुनछेक बहस सुनेपछि झालाई पुर्पक्षका लागि थुनामा राख्न निर्णय गरेको हो।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले असार १३ गते पक्राउ गरेको थियो । वीरगन्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको मुद्दा दायर गरिएको छ।

यही प्रकरणमा गतवर्ष पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायतका आठ जना प्रतिवादीहरु पनि पुर्पक्षका लागि थुनामा रहेका छन्।

 

 

तपाईको प्रतिक्रिया