Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४,३८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा विद्युत् पुर्‍याएको हो, जसले गर्दा क्षेत्र झिलिमिली भएको छ। जनैपूर्णिमा मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको हो।

यसअघि गोसाईंकुण्ड क्षेत्रका केही पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत यो कार्य भएको बताए।

चन्दनबारीदेखि ८ किलोमिटर दूरीमा रहेको गोसाईंकुण्डमा ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै पुर्‍याइएको हो। १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर हाल स्थापित गरिएकामा वर्खा सकिएपछि ५० केभिए क्षमताको ट्रान्सफर्मर राखिने छ। यो परियोजनाको लागत करिब ३ करोड रुपैयाँ अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया