Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

टोकियो – जापानलाई कर्मथलो बनाउँदै आएका गायक सर्जक समुन्द्रराज पौडेलको नयाँ तीज गीत ‘लाई माया…’ सार्वजनिक भएको छ । गायिका पूर्णकला बिसी र ज्वाला घिमिरेले स्वरमा साथ दिएको गीत समुन्द्रराज पौडेल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

समुन्द्रराजकै शब्द संगीत रहेको गीतमा सुनिल परिवारले संगीत संयोजन गरेका छन् । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर सार्वजनिक भएको गीत दर्शक-श्रोताले मन पराउने अपेक्षा गरिएको छ । गण्डकी विशेषतः पोखराको परिवेशलाई समेटेको गीत ‘डान्सिङ’ नम्बर बनेको छ ।

युवा/युवतीको माया प्रेमको भावलाई समेटेर तयार पारिएको गीतको भिडिओमा दिपाशा चदारा र आशिष ओलीको फिचरिङ देख्न सकिन्छ । भिडिओ चित्र मास्कीको निर्देशन गरेका छन् भने सिनेम्याटोग्राफर सुनिल भण्डारी हुन् ।

तपाईको प्रतिक्रिया