Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका-५ मा पर्ने थामे खोलामा शुक्रबार आएको बाढीको कारण दुईवटा हिमपोखरी फुटेको पाइएको छ। थुलुङ दूधकोशी गाउँपालिका-७ का वडाध्यक्ष भोजराज कार्कीले टासी लाप्चा क्षेत्रमा रहेका पाँच प्रमुख हिमपोखरीमध्ये दुईवटा फुटेको जानकारी दिएका हुन्।

रक्षामन्त्री मानवीर राईसहितको टोलीले खुम्बु क्षेत्रको निरीक्षण गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हेलिकप्टरबाट खिचिएका केही तस्बिर उपलब्ध गराएको छ। ती तस्बिरहरूमा दुईवटा हिमपोखरी बाढीले सोहरेको र अन्य दुई हिमपोखरी उच्च जोखिममा रहेको देखिएको छ।

विश्लेषणबाट बाढी आउनुअघि र आएपछि हिमपोखरीको जलसतहमा देखिएको परिवर्तन स्पष्ट छ। यद्यपि, बाढी हिमपोखरी फुटेर मात्र आएको हो या जलाधार क्षेत्रबाट सुरू भएको हो भन्ने सरकारी अधिकारीहरूले पुष्टि गरेका छैनन्।

भूगर्भविद्हरूले तापक्रम र वर्षाका कारण हिउँ तीव्र गतिमा पग्लिएर पर्माफ्रोस्ट बगाउँदा बाढी उत्पन्न भएको र यसले टासी लाप्चाका केही हिमपोखरीहरूलाई सोहरेको पूर्वानुमान गरेका थिए। उपलब्ध तस्बिरहरूले भूगर्भविद्हरूको अनुमान सटिक रहेको देखाएको छ। थामेमा आएको बाढीले २० वटा घर, तीनवटा विद्यालय, एउटा होस्टेल, र एउटा क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

तपाईको प्रतिक्रिया