Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले बाढीपीडितहरूलाई रु ६५ हजारको आर्थिक सहयोग प्रदान गरेको छ। जसमा स्थानीय निकायबाट रु ५० हजार र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट रु १५ हजार समावेश छ। रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीले प्रभावित क्षेत्रको निरीक्षण गर्दै राहत उपलब्ध गराएको हो।

शुक्रबार आएको थामे खोलाको बाढीले गाउँका २० घर, विद्यालय र स्वास्थ्य चौकीमा ठूलो क्षति पुर्‍याएको छ। यस बाढीका कारण एक सयभन्दा बढी व्यक्ति विस्थापित भएका छन् र सिङ्गो गाउँ बगरमा परिणत भएको छ। भविष्यमा बसोबासका लागि योग्य नभएको ठहर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अध्ययन गर्न निर्देशन दिइएको छ।

नेपाली सेना, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिहरू प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यमा संलग्न छन्। बाढीका कारण पक्की पुलमा क्षति पुगेको र ‘थ्री पास’ मार्ग अवरुद्ध भएको छ। सांसद सोनाम शेर्पाले भविष्यमा पनि जोखिम रहने भएकाले वस्ती स्थानान्तरणका लागि तीन तहका सरकारले कार्ययोजना बनाउने आवश्यक रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया