Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – क्यानडामा अध्ययन गर्न जाने तयारीमा रहेका नेपाली विद्यार्थीलाई लक्षित गर्दै क्यानडास्थित नेपाली राजदूतावासले केही सुझावहरू जारी गरेको छ। नयाँ शैक्षिक सत्र सुरु हुनलागेकाले, दूतावासले विद्यार्थीहरूलाई क्यानडाको बसाइ र शैक्षिक यात्रा समस्यारहित बनाउन उचित तयारी गर्न आग्रह गरेको हो।

दूतावासले यसअघि वैशाख १७ मा जारी गरेको जानकारीमूलक सूचनालाई राम्ररी अध्ययन गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीले आफ्नो कलेज, अध्ययन विषय, आवश्यक खर्च र कलेज रहेको सहरबारे राम्रोसँग अनुसन्धान गर्ने हो भने धेरै समस्या नपर्ने उल्लेख गरेको छ। साथै, अवास्तविक र अपूरा प्रचारप्रसारमा मात्रै भरपर्न नहुने र सम्पूर्ण तयारी नगर्दा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने बताएको छ।

दूतावासले विद्यार्थीहरूलाई क्यानडा आउनु अघि त्यहाँका आफन्त, साथीभाइ, पूर्वविद्यार्थी र नेपाली डायस्पोरासँग सम्पर्क गरी आवश्यक जानकारी संकलन गर्न सल्लाह दिएको छ। यसरी, आफू आउन लागेको स्थान, पढाइको प्रक्रिया, लाग्ने खर्च, आवास र रोजगारीका सम्भावनाहरूको बारेमा अग्रिम जानकारी लिदा भविष्यमा सहजता हुने विश्वास दूतावासले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया