Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पशुपतिनाथ मन्दिर परिसरमा गएराति केही तनावपूर्ण स्थिति देखा पर्‍यो। कोटिहोमका आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्ने प्रयास गरिएको दाबीपछि स्थिति तनावपूर्ण बनेको हो।

विजयकृष्णले प्रहरी पक्राउ गर्न आएको भन्दै फेसबुकमा लाइभ गरेका थिए। उनले गौशाला प्रहरी वृत्तबाट प्रहरी आएको र आफूलाई पक्राउ गर्न खोजिएको आरोप लगाएका थिए। लाइभ भिडियोमा उनले उत्तेजित अभिव्यक्ति पनि दिएका थिए। उनको समर्थक र सहयोगीहरूले तुरुन्तै प्रहरी र सरकारविरुद्ध नाराबाजी सुरु गरेका थिए। भिडियोमा उनीहरूलाई प्रहरीलाई अपशब्द प्रयोग गरिरहेको देख्न सकिन्थ्यो। विजयकृष्ण भण्डारीमाथि ठगीको आरोप रहेको छ।

तर, गौशाला प्रहरीका इन्स्पेक्टर शेखरकुमार शाहले घटनालाई सामान्य विवादको रूपमा चित्रण गरेका छन्। उनले ठूलो तनाव नभएको र गलत बुझाइका कारण सामान्य होहल्ला मात्रै भएको बताएका छन्। शुक्रबार कोटिहोम समापन भएको थियो, जुन साउन १ गतेबाट सुरु भएको थियो।

तपाईको प्रतिक्रिया