Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५, थामेमा आएको बाढीमा एक व्यक्ति बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढीले एक जनालाई बगाएको हो।

हालसम्म बाढीले एउटा विद्यालय, एउटा क्लिनिक, ७ वटा घर र ५ वटा होटल तथा रिसोर्टमा पूर्ण क्षति पुर्‍याएको छ। घिमिरेका अनुसार थप ७ वटा घरहरू अझै जोखिममा छन्। ‘बेपत्ता भएका व्यक्तिको पहिचान खुल्न बाँकी छ, पानीको बहाव केही घट्दै गएको छ तर माथिल्लो तटीय क्षेत्रमा कटानका कारण जोखिम अझै छ,’ घिमिरेले समुद्रपारि डट कमसंगको कुराकानीमा भने, ‘तल्लो तटीय क्षेत्रमा भने कटानका कारण ठूला क्षति हुन पाएन।’

घटनास्थलमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा सक्रिय रहेका छन्। साथै, सोलुखुम्बुकै माप्य दुधकोशी गाउँपालिका–६, बोदेबहर बलेखामा बस्ने पाँच घरका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा सार्न सफल भएको छ, जसका कारण कुनै मानविय क्षति हुन पाएन।

थामेमा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएको छ। शुक्रबार दिउँसो एक्कासि बाढी आएकोले हिमताल फुटेको वा हिमपहिरो गएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि यसबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया