Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टोकियो – तीजको माहौलले घरदेशदेखि परदेशसम्म तातिरहेका बेला जापानबाट अर्को तीज गीत सार्वजनिक भएको छ । जापानलाई कर्मथलो बनाउँदै आएका गायक गोकुल सापकोटाको तीजको कोसेली ‘रेल गुडे बटौली…’ बजारमा आएको हो ।

गोकुललाई स्वरमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । सूर्य खड्का युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा शब्द-संगीत बिशाल क्षेत्रीको रहेको छ । माया-प्रेममा रहेका जोडीको भावलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको गीतले चर्चा पाउने अपेक्षा गरिएको छ ।

यसपालीका तीजका गीतहरुमा उटपट्याङ र छाडा गीतको बाहुल्य बढ्दै गएको समयमा ‘रेल गुडे बटौली’ मार्फत मौलिक भाका र गीत संरक्षणको राम्रो प्रयास गरिएको जानकारहरुको भनाई छ । गीतका माध्यमबाट तीजको मौलिकता र मर्मलाई जोगाउन खोजिएको सर्जकको भनाई छ ।

जीवनकुमार ज्ञवालीले निर्देशन गरेको गीतको म्यूजिक भिडिओमा विजय पुन र स्मारिका ढकालको मुख्य अभिनय देख्न सकिन्छ ।

स्मरण रहोस् गीत र संगीतको उर्वरभूमि मानिदैं आएको जापानबाट यसपाली धमाधम तीजका गीतहरु सार्बजनिक भईरहेका छन् । जसमा सूर्य खड्का, युवराज आचार्य, प्रेम सापकोटा ‘सानु’, शिवा केसी, बिष्णु थापा मगर, समिना खड्का लोहनी, शान्ता जिसी, बिशाल क्षेत्री, निशा क्षेत्री ‘निशाना’, काजल गुरुङ लगायतका आवाज रहेको तीज गीत बजारमा आईसकेका छन् । यसैबीच गोकुल सापकोटाले ‘रेल गुडे बटौली…..’ तीजे गीत सार्बजनिक गरेका हुन् ।***

तपाईको प्रतिक्रिया