Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य यस दिन प्रति तोला ९०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १,४९,६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार, छापावाल सुनको मूल्य प्रति तोला १,५०,५०० रुपैयाँ थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने वृद्धि भएको छ। बिहीबार प्रति तोला १,७४० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर प्रति तोला १,७६० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढी हो। यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २,४५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

 

 

तपाईको प्रतिक्रिया