Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमणको चार दिनपछि अमेरिकी उप विदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउँदैछन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि यो अमेरिकाबाट भएको सबैभन्दा उच्चस्तरीय भ्रमण हो।

वर्माले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत उच्च अधिकारीहरूसँग भेट्नेछन्। उनको भ्रमणमा आर्थिक विकास, महिला सशक्तीकरण र ऊर्जालगायतका विषयमा छलफल हुनेछ।

वर्मा अमेरिकी बाइडेन सरकारका प्रभावशाली मन्त्री हुन्। उनले नेपालमा धार्मिक आस्थासँग सम्बन्धित अमेरिकी अनुदानको विवादलाई खण्डन गर्दै चर्चामा आएका थिए। नेपाल भ्रमणपछि वर्मा भोलि भारत जानेछन्, जहाँ उनले अमेरिकी जलवायु सल्लाहकार जोन पोडस्टा र ऊर्जा उपसचिव डेभिड टर्कसँगै अगस्त २२ सम्म रहनेछन्।

तपाईको प्रतिक्रिया