Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आजदेखि लागू हुने गरी निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो। पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको निगमले जनाएको छ।

निगमका अनुसार, अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ कायम गरिएको छ। यसअघि १६७ रुपैयाँ रहेको थियो।त्यस्तै, सुर्खेत र दाङ लगायतका क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ कायम गरिएको छ। यसअघि यो क्षेत्रमा प्रतिलिटर १६९ रुपैयाँ रहेको थियो।

यसैगरी, पोखरा, काठमाडौँ, दीपायल लगायतका क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५  रुपैयाँ कायम गरिएको छ। यसअघि यो क्षेत्रमा १७० रुपैयाँ रहेको थियो।। डिजेल र मट्टितेलको मूल्य चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षत्रेमा १५२ कायम गरिएको छ। त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा १५४ रुपैयाँ तथा र पोखरा, काठमाडौँ, दीपायल क्षेत्रमा १५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया