Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिने निर्णय गरेको छ। प्रधानमन्त्रीको नेतृत्वमा बसेको बैठकले दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक विकल्प र उपायहरू अध्ययन गर्न बनेको कार्यदलका सुझावका आधारमा सहुलियत दिने योजना अघि सारेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेका अनुसार हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ र इन्धनमा सहुलियत दिने कार्ययोजना बनाइएको छ जसअन्तर्गत २०८३ साल भदौसम्म विभिन्न सेवा शुल्क नलिइनेछ।

साथै, पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि नलिने निर्णय भएको छ भने भ्याट पनि उक्त समयसम्म नलिइने योजना छ। भैरहवामा इन्धनको मूल्य काठमाडौंभन्दा सस्तो राख्ने व्यवस्था गर्न उद्योग वाणिज्य मन्त्रालयसँग समन्वय गरिएको छ। अध्यागमन कार्यालय, भिसा सेन्टर र क्वारेन्टाइन चेकजाँच व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयहरू जिम्मेवार हुनेछन्। सरकारले यस सहुलियतको माध्यमबाट विमानस्थललाई सुचारु गर्ने अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया