Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – झापा जिल्ला प्रशासन कार्यालयमा राहदानी लिन आउनेहरूको सङ्ख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा २५,४५५ जनाले राहदानी प्राप्त गरेका छन् भने १८,८२२ जनाले नागरिकता लिएका छन्।

पछिल्लो आर्थिक वर्षमा राहदानी जारी गर्दा १४ करोड ७३ लाख ६७ हजार ७०० रुपैयाँ राज्यकोषमा दाखिला भएको छ। राहदानीसहित अन्य सेवा प्रदान गरी प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार ४४४ रुपैयाँ सङ्कलन गरेको छ। यस्तै, चालु र पुँजीगत खर्चतर्फ कार्यालयले ३ करोड ८६ लाख १६ हजार ४५७ रुपैयाँ खर्च गरेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया